काठमाडौं। नेपालले एसीसी यु–१९ एसिया कपको अन्तिम खेलमा अफगानिस्तानलाई १२५ रनको सामान्य लक्ष्य दिएको छ।
दुबईको द सेभेन्स् स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाएको हो।
नेपालका दिलसद अलीले सर्वाधिक ३२ रन बनाए। ६८ बल खेलेका उनले ४ चौका प्रहार गरे। चन्दन रामले २७, अभिषेक तिवारीले २० र रोशन विश्वकर्माले १२ रनको योगदान दिए।
अफगानिस्तानका जैतुल्लाह शाहीनले सर्वाधिक ३ विकेट लिए। अब्दुल अजिज, नूरिस्तानी ओमारजाई र वाहिदुल्लाह जद्रानले समान २ विकेट लिए।
सलम खानले १ विकेट राखे।