काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

२ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका १४‚ बल्खुमा ग.२ख २०३९ नम्बरको ट्रकले बा.प्र. ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी २६ वर्षीया रोशिका न्यौपानेको मृत्यु भएको छ।

मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भएकी न्यौपानेको बयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा चढेकी न्यौपाने सख्त घाइते हुनुभएको थियो। उहाँको आज उपचारका क्रममा मृत्यु भएको हो।”

यसैगरी दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयोधा अस्पतालमै उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिए।