काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

२ पुष २०८२
अ+
अ-

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहनेछ ।