काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

२ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइएपनि केही ढिलाइ भएको छ ।

यसअघि मङ्गलवार नै मतदान सम्पन्न गर्ने तयारी भए पनि प्राविधिक  समस्याका कारण प्रक्रिया आजका लागि सारिएको हो । मङ्गलवार साँझ प्रतिनिधिहरू मतदानको प्रतीक्षामा लामो समयसम्म लाइनमा बसेका थिए । तर, राति करिब ८ बजे मतदान आज मात्रै हुने जानकारी दिँदै सबैलाई फर्काइएको थियो ।