५ पुष २०८२
अ+
अ-

जनकपुरधाम। मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवको नाम टुङ्गो लगाइएको छ।

सात राजनीतिक दलको आज बसेको बैठकले उनको नामको टुङ्गो लगाइएको एक नेताले जानकारी दिएका छन्। मधेस प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय रहेको छ।

मधेस प्रदेश सभा सचिवालयले ३ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने समय कार्यतालिका सार्वजनिक गरेको छ। समय कार्यतालिका सार्वजनिक गरेपछि दलहरूको बसेको बैठकले यादवको नाउँमा टुङ्गो लगाएको हो।

आज दिउसो करिब १ बजे उनले उम्मेदवारी दर्ता गराउनेछन्। मधेस प्रदेश सभाका सभामुख रहेका रामचन्द्र मण्डललाई पदआश्रम नगरेको भन्दै सभामुख पदबाट हटाइएपछि रिक्त रहेको सभामुखको लागि भोलि निर्वाचन हुँदैछ।

जसअनुसार आज उम्मेदवारी दर्ता गराउने कार्यतालिका रहेको छ।