काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
बुधबार डल्लुस्थित खनाल निवास पुगेर चित्रकारको स्वास्थ्य अवस्था बुझेकी हुन्। चित्रकार भारतको नयाँदिल्लीमा उपचारपछि सोमबार राति स्वदेश फर्किएकी थिइन्।
२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा खनाल निवासमा आगलागी हुँदा चित्रकार जलेर सख्त घाइते भएकी थिइन्।
यस अघि उनलाई भेट्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता राजेन्द्र श्रेष्ठ पुगेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको सचिवालयले जनाएको छ।