काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६०० रुपैयाँले घटेर दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला चार हजार चार सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला चार हजार चार सय २० रुपैयाँमा कारोबार भएको थियो।