काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ। हवाई मार्ग हुँदै नेपाल आएका चार विदेशी नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले चार किलो बढी कोकिनसहित तीन जनालाई मंगलबार पक्राउ गरेको हो।

ब्युरोका अनुसार पक्राउ पर्नेमा थाई नागरिक ४० वर्षीया मिस रुसानी कामा, भारतीय नागरिक ५५ वर्षीय जेभियर माथेव थालिअचेरी र २१ वर्षीय मुरसालेन हुसैन रहेका छन्।

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी थाई नागरिकलाई सीनामंगलस्थित होटलबाट पक्राउ गरिएको ब्युरो प्रवक्ता जीवन निरौलाले बताए। उनी लाओसबाट पेटमा कोकिनका क्याप्सुल निलेर नेपाल आएकी थिइन्।

निरौलाका अनुसार उनको पेटबाट २९ वटा कोकिनका क्याप्सुल निकालिएको थियो। त्यसको परिमाण ५५० ग्राम रहेको निरौलाले बताए।

यस्तै, लाओसबाट काठमाडौँ आएका भारतीय नागरिकलाई सीनामंगलस्थित सडकबाट पक्राउ गरिएको निरौलाले बताए। उनीहरूको सुटकेश चेकजाँच गर्दा तीन किलो ७५० ग्राम कोकिन बरामद भएको निरौलाले बताए।

बरामद कोकिनको बजार मूल्य झन्डै १५ करोड रहेको छ। प्रहरीले विदेशी नागरिकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।