काठमाडौँ
००:००:००
११ पुष २०८२, शुक्रबार

११ पुष २०८२
अ+
अ-

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले मुलुकको आर्थिक विकासका लागि व्यवसायमैत्री कानुन आवश्यक रहेको बताएकी छन्।

फेसियल हाउसको १८औँ वार्षिकोत्सव तथा कर्मचारी सम्मान कार्यक्रममा उनले व्यवसाय र उद्योग फस्टाउनका लागि व्यवसायमैत्री कानुन निर्माण गर्नुपर्ने बताइन्।

“पुरानो ऐन र कानुनले मुलुकको विकास हुन सक्दैन, युगअनुसारको कानुन निर्माण गरेर अहिले मुलुकमा देखिएको नैराश्यलाई मेट्न लाग्नुपर्छ”, उनले भनिन्।

उपसभामुख रानाले मुलुकको विकास राजनीति गर्नेले मात्र गर्न नसक्ने भन्दै यो मुलुक निर्माणका लागि सबैको दायित्व रहेको बताइन्।

फेसियल हाउसकी सञ्चालक सुष्मा महराले मुलुकमा राजनीतिक स्थिरता भए मात्र व्यवसाय फस्टाउन सक्ने बताइन्।

व्यवसायप्रति सरकारको सकारात्मक दृष्टि रहेमा आर्थिक विकासले लय लिने उनको भनाइ थियो।

फेसियल हाउसले अहिले देशभर १२ शाखा स्थापना गरी २०० भन्दा बढी युवालाई रोजगारी प्रदान गर्दै आएको छ।

हाउसको वार्षिकोत्सवका अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो।