१२ पुष २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक। फाइल तस्बिर
अ+
अ-

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी मुख्यालय सानेपामा बसिरहेको छ।

बैठकमा महाधिवेशन विषय पुन: चर्किएको छ। नियमित महाधिवेशन नहुने देखिएपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विकल्प नभएको अडान दोहोर्याएका छन्।

विशेष महाधिवेशन पक्षधरले हिजो (शुक्रबार) स्मरणपत्र बुझाएर अडान नछाड्ने बताएपछि जारी बैठकमा महाधिवेशनको विवाद पेचिलो बनेको छ। शुक्रबार विशेष महाधिवेशनको माग गर्दै नेता देवराज चालिसेको नेतृत्वमा रहेको समूहले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको हो।

२६ पुसदेखि नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याएपछि क्रियाशील सदस्यताको काम गर्न नसक्दा प्रभावित भएको छ। साथै बैठकमा आगामी निर्वाचनको तयारीबारे पनि छलफल भइरहेको मुख्य-सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।