१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका छन्।

जेन-जी आन्दोलनले सत्ता गुमाएका नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलोपटक बालुवाटार गएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको तीन दलका शीर्ष नेताहरूको छलफलमा एमाले अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पुगेका छन्।

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलोपटक बालुवाटारमा शीर्ष नेतासँग छलफल गरेकी हुन्।

यसअघि गएको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र तीन शीर्ष दलका प्रमुखहरूसँग शीतलनिवासमा छलफल भएको थियो।