काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ राजनीतिक दल ५८ वटा निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्ने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ दलले ५८ वटा चुनाव चिह्नबाट चुनाव लड्ने गरी बन्दसूची पेस गरेका छन्।
आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार १३ र १४ पुससम्म बन्दसूची पेस गर्ने कार्यतालिका थियो। संविधानको धारा ८४ को १(क) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। सोही धाराको १ (ख) मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ।
“बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये ५४ वटाले आ-आफ्नो निर्वाचन चिह्नमा र १० वटा दलले चारवटा एकल चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्‚” प्रवक्ता भट्टराईले भने, “समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन्।”
हेर्नुहोस् ६४ दलका ५८ चिह्न :