काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

काठमाडौँ। अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’ बुबा र छोरीसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्।

छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुबाले छोरीका अगाडि देखाएको खुसी चलचित्र ‘मिरमिरे’ले भन्ने दयाहाङ बताउँछन्। यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू सिनेमामा केन्द्रित रहेको उनले बताएका छन्।

झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै कुरा रहेको उनको भनाइ छ।

“झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो चलचित्र छानेको हुँ‚” दयाहाङ भन्छन्‚ “कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ। तर यो प्यासनले हेर्ने चलचित्र हो यो।”

‘मिरमिरे’ हेरेर एकपछि सोच्ने कथा हो सिनेमा भएको उनको भनाइ छ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ १ माघबाट प्रदर्शनमा आउँदै छ। यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई‚ प्रकाश सपूत‚ सिर्जना निङलेखु, माओत्से गुरुङ‚ छुल्ठिम गुरुङ‚ भोलाराज सापकोटा‚ विमल यादव‚ शाइसा गौचन‚ दिविशा पन्त‚ चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

निमु शेर्पा‚ छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहोरा‚ सुदीप कुँवर छन्। चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन्। चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।