काठमाडौँ। प्रहरीले द ब्रिटिस कलेजमा आन्दोलनका नाममा ३० लाख रुपैयाँ माग्ने एकजनालाई पक्राउ गरेको छ।
चौँरीदेउराली ४‚ काभ्रे घर भई काठमाडौँको जोरपाटी बस्ने २८ वर्षीय विवेक ढकाललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने‚ “ढकाललाई मुलुकी अपराधसंहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभ समृद्धि कसुरमा आज काठमाडौँबाट पक्राउ गरिएको हो।” उनका अनुसार निजमाथि कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ माग गरेको र नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोप छ।