खिचिक्क
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।
भृकुटीमण्डमा आइतबार सुरु भएको विशेष महाधिवेशनको गगन-विश्वप्रकाशले पानसमा बत्ती बालेर उद्घाटन गरे। प्रमुख अथितिका रूपमा पार्टी सभापति शेरबहादुर देउवालाई बोलाइएको थियो। देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनमा सहभागी नबनेपछि महामन्त्रीद्वयले उद्घाटन गरे।
उद्घाटनअघि कांग्रेसका नेता-कार्यकर्ता र प्रतिनिधिहरू काठमाडौं‚ भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भेला भई र्यालीसहित महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका थिए।
यो पनि…
कांग्रेस विशेष महाधिवेशन सुरु‚ अहिलेसम्म १‚३२७ जनाको नाम दर्ता
महाधिवेशनको आइतबार उद्घाटन सत्र चल्यो भने भोलि (सोमबार) बन्दसत्र हुनेछ।
हेर्नुहोस् थप तस्बिर :


यो पनि…