काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताएका छन्।

नेपाली कांगेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको विशेष महाधिवेशको बन्दसत्रको दोस्रो दिन आज (मंगलबार) उनले आफूलाई पदका लागि विशेष महाधिवेशन नगरिएको स्पष्ट पारे।

महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्न सबैले पाउनुपर्ने भन्दै आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा विद्रोह भएको धारणा राखे। “यो विद्रोह हो‚ प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो‚ मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नुजस्तै हो‚” उनले भने।

बिहानदेखि वार्ता, विशेष महाधिवेशनको कार्यतालिका प्रभावित

महामन्त्री थापाले पार्टीभित्र गुटभन्दा पनि गिरोह बढ्दै गएको भन्दै पार्टीलाई बदल्न जरुरी रहेको उल्लेख गरे। उनले बाहिरको हल्लाको पछि नलाग्नसमेत सबैलाई आग्रह गरे। “अहिले बाहिर अनेक हल्ला चलाइएको छ‚ कोही भागबन्डाका लागि भनिएको छ‚ म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्‚” उनले भने‚ “यो हलको म्यान्डेटलाई हामी सबैले मान्नुपर्छ। बाहिर हुने कुनै सहमतिलाई पनि यो हलले अपनत्व लिएपछि मात्रै अगाडि बढ्छ।”

महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनलाई उपलब्धिपूर्वक ढङ्गले टुंग्याउनुपर्ने पनि बताए।

यो पनि…

दुवै महामन्त्रीका प्रतिवेदन पारित‚ गगन थापा भन्छन्- विशेष महाधिवेशनबाट विद्रोह गर्‍यौँ