काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौं। फ्रेन्ड्स क्लबले पुनरागमन जितसँगै राष्ट्रिय लिग सानदार सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न उद्घाटन खेलमा काँक्रेविहार युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ।

फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशीष चापागाँईले गोल गरे। काँक्रेविहारले एक गोल उपहारमा पाएको हो।

खेलको छैटौं मिनेटमै फ्रेन्ड्सका कमल श्रेष्ठले आत्मघाती गोल गर्दा काँक्रेविहारले सुरुआती अग्रता बनायो। तर, उक्त अग्रता जोगाउन भने सकेन। पहिलो हाफको इन्जुरी समयमा प्रशान्तले फ्रेन्ड्सलाई बराबरीमा ल्याए। मौसम सुब्बाको पासमा प्रशान्तले टोलीलाई १–१ को स्थितिमा ल्याएका हुन्।

५९औं मिनेटमा प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। ९०औं मिनेटमा कमलको पासमा आशीषले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को सहज जित दिलाए।