काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

३ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छन्।

सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।

पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले देश र जनताले परिवर्तन चाहेको भन्दै यसलाई हाँसेर र खुसी भएर अंगाल्नुपर्ने बताएकी हुन्। उनले कांग्रेसमा आएको नेतृत्व परिवर्तनले पार्टी नफुटेको दाबी समेत गरेकी छन्।

उनले थापालाई हिजोको कांग्रेस र बीपी कोइरालाको विचारलाई नबिर्सिएर अगाडि बढ्नसमेत सुझाव दिएकी छन् । सम्पूर्ण नेपाली कांग्रेसको साथ रहने उनको भनाइ छ ।

‘पार्टीको अफिस त्यही हो, चारतारे झण्डा त्यहीँ छ, रुख चिह्न त्यहीँ छ, मान्छे त्यही हो यताउता सबै मान्छे त्यही हो पार्टी कहाँ फुटेको छ ?’, उनले अगाडि भनिन्, ‘पार्टी फुटेको छैन, नआत्तिनुस्, दिक्क नमान्नुस् खुसी भएर स्वीकार्नुहोस् ।’