३ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा‚ उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

सम्बन्ध सुधारका लागि सभापति थापाले शनिबार साँझ उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर निवर्तमान सभापति देउवालाई उनको निजी निवास महाराजगन्ज पुगेर भेटेका हुन्।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेले उनीहरूबीच शिष्टाचार भेट भएको बताएका छन्। भेटमा पार्टीको सुदृढीकरणका विषयमा छलफल भएको घिमिरेले बताए। थापा‚ शर्मा र देउवाबीच कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल भएको बताइएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई शुक्रबार वैधता दिएपछि देउवापक्षीय नेताहरूले अदालत जाने निर्णय गरेका छन्। तर ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले समय अभावका कारण पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले पहलकदमी लिएका बताइएको छ।