काठमाडौँ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।
जसअनुसार एसएसपी केदार खनालको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा‚ दीपक पोखरेलको प्रदेश कार्यालय भैरहवा‚ दीपशमशेर जबराको प्रहरी महानिरीक्षकको सचिवालय‚ नान्तिराज गुरुङको बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडा र विमलराज कँडेलको प्रधान कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा भएको छ।
त्यस्तै महेन्द्र खड्कालाई प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखा‚ रमेशकुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानिपोखरीमा सरुवा गरिएको छ। वसन्त रजौरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय‚ श्यामकुमार महतोको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)‚ सन्तोष खड्काको सरुवा काठमाडौं उपत्यका अपराध अनुसान्धान कार्यालय र सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा रानिपोखरीमा शुक्रबार सरुवा गरिएको प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले जनाएका छन्।

