निर्वाचन
निर्वाचन आयोगको आइतबारको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको सरकारलाई जानकारी दिएको छ।
काठमाडौँ। निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ।
आयोगको कार्यालयमा आइतबार बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि आयोगले दलहरूलाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो।
२१ फागुनमा हुन लागेको निर्वाचनका लागि आयोगले उम्मेदवार दर्ताको मिति पर्सि (मंगलबार) लाई तोकेको छ।
आजै आचारसंहिता लागु हुने विषयमा आयोगले सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारी नेतृत्वको आयोगको टोलीले आज (आइतबार) बालुवाटारमा आयोजित एक कार्यक्रममाझ यसबारे जानकारी गराएका हुन्।
आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। त्यसअवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता सोमबार बिहान १२ बजे (आइतबार मध्यरात) बाट लागु हुनेछ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो।