काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ।  महान्यायाधीवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्वन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधनको लागि गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भै मंगलबारका लागि पेशी तोकिएका छन्।

अधिवक्ता आभास रेग्मीसमेत तीनजना र युवराज सफलले महान्यायाधीवक्ताको निर्णय असंवैधानिक भएको दाबी गर्दै शुक्रबार रिट निवेदन पेश गरेका थिए। दुईवटा छुट्टाछुट्टै रिट निवेदनको आइतबार दर्ता भएर मंगलबारका लागि सुनुवाइ गर्नेगरी पेशी तोकिएको हो।

सोमबार सार्वजनिक विदा भएका कारण मंगलवारका लागि पेशी तोकिएको हो। मंगलबार प्रारम्भिक सुनुवाई गरी महान्यायाधीवक्ताको निर्णयमा सर्वोच्चले आदेश गर्नेछ।