काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगेसँगै नेकपा (एमाले) भित्रको असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको छ। सचिवालयले प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेपछि पार्टीकै नेताहरूबाट आलोचना सुरु भएको हो।

शनिबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गर्‍यो। यसअघि रुपन्देही–२ बाट लगातार निर्वाचित हुँदै आएका पौडेललाई पाल्पा पठाइएपछि स्थानीय तहमा असन्तोष चुलिएको छ।

पाल्पा–२ बाट अघिल्लो निर्वाचन जितेका ठाकुर गैरेलाई टिकट नदिइएपछि विवाद थप चर्किएको हो। गैरेको स्थानमा उपाध्यक्ष पौडेललाई अघि सारिएको निर्णयप्रति एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाएकी छिन्। उनले फेसबुकमा ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड !’ भन्दै नेतृत्वको निर्णयमाथि प्रश्न उठाएकी छन्।

यस घटनाले एमालेभित्र उम्मेदवार छनोट प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे बहसलाई थप चर्काउने संकेत देखिएको छ।