काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनीता डंगोलले पाएकी छन्।

मेयर बालेन्द्र (बालेन) शाहले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार सुनीताले स्वत: कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीति थालेका बालेनले आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्‌वार हुनका लागि महानगरको मेयरबाट राजीनामा दिएका छन्। रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा ५ बाट उनले निर्वाचन लड्ने तयारी गरेका छन्।

उनले उपमेयर सुनीता डंगोललाई सम्बोधन गर्दै आइतबार राजीनामा बुझाएका हुन्।