काठमाडौँ। जेन-जी आन्दोलनबाट चर्चामा आएकी युवती किशोरी कार्कीलाई उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनाएको छ। पार्टीले उनलाई ओखलढुंगाका लागि उमेदवार बनाएको हो।
आइतबार पार्टी अध्यक्ष कुलमान घिसिङ र नेता महेन्द्र सुन्दर लावतीले कार्कीलाई उमेदवारको टिकट हस्तान्तरण गरे। २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा कार्कीले घाईतेलाई उद्धार गरेर माेटरसाइकल हाँक्दै अस्पताल पुर्याएपछि चर्चामा आएकी थिइन्।
उज्यालो नेपालकी केन्द्रीय सदस्य रहेकी उनी आफ्नै जिल्ला ओखलढुंगाबाट चुनावमा उठ्न पाउँदा खुसी लागेको बताउँछिन्। उनी भन्छिन्, “जेन-जी आन्दोलनको माग पनि नयाँ पुस्तालाई अवसर र सुशासन हो। अब निर्वाचन क्षेत्र गएर तयारीमा लाग्छु।”