इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ।
निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ।
नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन्।
नेम्वाङ निवर्तमान संघीय सांसद छन् भने कागते पूर्वप्रदेश सभा सदस्य छन्।
नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए। उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य छन्।
निर्वाचन हुन अब ४६ दिन बाँकी छ। प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ।