काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
अ+
अ-

झापा। जेन-जी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन्। उनलाई भद्रपुर विमानस्थलमा एमालेका नेता-कार्यकर्ताले स्वागत गरे।

२१ पुसमा उनको स्थान हद फुकुवा भएपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन्। गत २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनपछि ओलीलाई स्थान हद तोकिएको थियो।

उनी झापामा रहँदा आफ्नो चुनावी प्रचारप्रसारका लागि कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। विमानस्थलमा उनले चुनावी वातावरण नहुँदा नहुँदै पनि अब एमाले चुनावमा जान तयार रहेको स्पष्ट पारे। उनले भने, “मतदाताहरूमा त्रास, डर-धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातावरण बनिसकेको छैन।”

विभिन्न प्रकारका अपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रबन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ। अध्यक्ष ओलीका अनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ।