काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन्।
उनको निर्वाचन क्षेत्र सुर्खेत-१ हो । यहाँ खड्का सिफारिसमा परे पनि चुनाव नलड्ने बरु पार्टीलाई जिताउन देशभर प्रचारप्रसारमा खटिने भएका छन्।
पार्टीको विशेष महाधिवेशनपछि निर्वाचित पक्षलाई निर्वाचन आयोगले मान्यता दिएपछि खड्का तथा तत्कालीन सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चको फैसला जे आए पनि पार्टीलाई एकढिक्का बनाउन लाग्ने खड्का निकटहरूको भनाइ छ।