काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका छन्।
समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा रोजेका हुन्।