उम्मेदवारको प्रस्टीकरण
महावीर भन्छन्- धोका दिन होइन‚ नदिनलाई सरकार छाडेँ
म्याग्दी। निवर्तमानशिक्षामन्त्री महावीर पुनले सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको प्रस्टीकरण दिएका छन्।
म्याग्दीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले अरूलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताए। पत्रकार सम्मेलनमा उनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट सांसदको उम्मेदवार बनेका पुनले पत्रकार सम्मेलनमार्फत आफूमाथि ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपको खण्डन गरेका हुन्।
“सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेँ। कसैले धोकेबाज पनि भनेको छ‚ भगौडा‚ मन्त्रिपरिषद्लाई धोका दिएको‚ जेन-जीलाई धोका दिएको भनेका छन्‚” उनले भने‚ “धोका दिनलाई होइन‚ धोका नदिनलाई छोडेको। किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने?”
महावीर मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउन सुटुक्क म्याग्दीको निर्वाचन कार्यालय पुगेका थिए।
यो पनि…