१० माघ २०८२
अ+
अ-

कास्की। पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालाको भलिबल कोर्टमा जारी प्रतियोगिताको‌ दोस्रो दिन आजको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको थियो। पहिलो सेट गुमाएपनि पुलिस उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो।

पुलिस १६-२६,२५-१७,२५-२२,२५-१३ ले विजयी भयो। आर्मी हिजो पहिलो खेलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।

महिलातर्फको दोस्रो खेल एपिएफ र थाइल्याण्ड क्विन्सबीच हुनेछ। पुरुषतर्फ गण्डकी प्रदेश र टिम माल्दिभ्सबीचको खेल १२:३० बजे सुरु हुनेछ। पहिलो दिन यी दुबै टोली पराजित भएका थिए। गण्डकी एपिएफसँग ३-१ सेटमा र टिम माल्दिभ्स आर्मीसँग ३-० को सेटमा पराजित भएको थियो।