काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौँ। ज्यान मार्ने उद्योग तथा डाँका सम्बन्धी मुद्दामा फरार भएका अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२० का ३१ वर्षीय सुशीलकुमार सिंह रहेका छन्। सिंहलई वीरगन्ज महानगरपालिका-२० सडकबाट शनिबार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले बताए।

घटना २२ फागुन २०६७ को हो। पर्सा साबिक वीरगन्ज उपमहानगरपालिका-१३ बस्ने गणेश सर्राफलाई बञ्चरो प्रहार गरी घाइने बनाएको ज्यान मार्ने उद्योग तथा डाँका मुद्दामा सिंह फरार थिए।

सिंहलाई जिल्ला अदालत पर्साले पाँच वर्ष कैद तोकेको थियो। सिंहलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बुझाउने तयारी भइरहेको पाठकले बताए।