काठमाडौं। फितलो ब्याटिङसँगै नेपाल आईसीसी टी–२० महिला विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ।
घरेलु टोली नेपाल सोमबार स्कटल्यान्डसँग ७२ रनले पराजित भएको हो। स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३।५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो।
योसँगै समूह ‘बी’बाट नेदरल्यान्ड्ससँगै स्कटल्यान्ड र थाइल्यान्ड ‘सुपर सिक्स’मा प्रवेश गरेको छ। यी दुई टोलीको समान ६ अंक छ। थाइल्यान्डको भने चार अंक छ। नेपालले भने दुई अंक मात्र जोड्न सक्यो।
यसअघि नै सुपर सिक्समा प्रवेश गरिसकेको नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेल सोमबार नै थाइल्यान्डसँग खेल्ने छ। नेपाललाई सुपर सिक्समा प्रवेश गर्न १३.५ ओभर अगाडि नै खेल जित्नुपर्ने दबाब थियो। सोही दबाबमा ब्याटिङ गर्न उत्रिएको नेपालले साबिकको लय पनि गुमाउन पुग्यो।
नेपालकी ओपनर बिन्दु रावल र तल्लो क्रमकी रोमा थापाले समान १४ रन बनाइन्। रुबिना क्षेत्री १० रनमा आउट हुँदा अन्य चल्न सकेनन्। स्कटल्यान्डकी अब्ताहा मकसुदले सर्वाधिक ३ विकेट लिइन्।