काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीले नागढुंगाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुंगाको टोलीले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगन्ज १६ का २५ वर्षीय किसन साहलाई आज (मंगलबार) पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदीसहित साहलाई पक्राउ गरिएको जानकारी दिए। चाँदीको मूल्य १६ लाख ९० हजार रुपैयाँबराबरको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको परिसरले जनाएको छ।