काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
अ+
अ-

हुम्ला। हुम्लामा फेरि हिमपात सुरु भएको छ। सदरमुकाम सिमकोट र उतरी क्षेत्र नाम्खा गाउँपालिकामा मंगलबार साँझदेखि हिमपात सुरु भएको हो। स्थानीयका अनुसार दुई फिटभन्दा धेरै हिउँ जमेको छ।

हिमपातले कृषकहरूलाई राहत महसुस भएको छ। खेतबारीको जेठासे बाली राम्रो हुने भएपछि कृषकहरू खुसी भएका हुन्। तर, जन जनजीवन भने कष्टकर बन्न थालेको छ।

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपासका क्षेत्र । हिमपातसँगै स्थानीयको जनजीवन प्रभावित बनेको छ।