काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको विषयमा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले जानकारी गराएको छ।

बायाँ खुट्टामा देखिएको समस्याका कारण उनलाई मंगलबार अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो। अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंले जारी गरेको विज्ञप्ति अनुसार लामिछानेलाई गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रमका क्रममा बायाँ खुट्टामा चोट लागेको थियो।

चोट लागेपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभई ‘सेलुलाइटिस’ (छालाको भित्री तहको संक्रमण) भएपछि उनलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो। अस्पतालका अनुसार हाल उनलाई नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको छ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उपचार प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ।