काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभित्र समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गरेका छन्।

उनले आज एक विज्ञप्ति जारी गर्दै नेपालको परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी त्यसलाई संस्थागत गर्न योगदान गर्ने अग्रजप्रति सम्मान र आदर भाव व्यक्त गरेका छन्। उनले जहानियाँ निरङ्कुश राणाशासन ढाल्नका लागि चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधार स्तम्भ रहेको बताए।

विज्ञप्तिमा भनिएको छ “विसं २००७ देखि आजसम्म भएका हरेक निरङ्कुशता विरोधी आन्दोलन यही प्रेरणाको जगमा भएका छन्। पञ्चायती व्यवस्था विरुद्धको २०४६ सालको जनआन्दोलन होस् वा २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सबैमा सहिदको त्यही पे्ररणा जीवन्त रह्यो।”

उनले अहिले व्यवस्थामाथि भइरहेको प्रहारलाई उत्तेजनामा नभइ संयम, धैर्य र इमन्दारिताका साथ विवेकपूर्ण ढङ्गले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई बचाउने प्रतिबद्धताकासाथ उभिन आग्रह गरेका छन् । “हाम्रा अभिमतहरु पनि हाम्रो संविधान र व्यवस्था पक्षमा प्रकट हुनु पर्दछ, संविधानको जगमा उभिएर कमीकमजोरी सच्याउँदै सहिदले देखाएको बाटो र सपना साकार पार्न अघि बढ्नु आजको आवश्यकता हो”, मुख्यमन्त्री कार्कीले भनेका छन्।

उनले सहिदको सम्मान एकताबद्ध भई समृद्ध र समुत्रत राष्ट्र निर्माणमा दृढ सङ्कल्प तथा अठोटका साथ लाग्न सबैलाई आह्वान गर्दै गरेका छन्।