काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२१ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई तोकिएको छ।

सभापति गगनकुमार थापाले मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेसँगै बुधबार कार्यवाहक मुख्यसचिवको जिम्मेवारी दुलाललाई तोकेका हुन्

विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए।

उनलाई  विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिए ।