काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रचारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्नेछ। निर्वाचन आचारसंहिता, २०८२ मा यस्तो व्यवस्था गरिएको छ।

आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोका आधारमा प्रचार गर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाअनुसार आगामी ४ फागुनदेखि निर्वाचन प्रचार हुने कार्यतालिका छ। तर आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।

प्रचारअघि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्नुपर्नेछ

निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ। राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जीसीले बताए।