काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

२३ माघ २०८२
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि चुनावी मैदानमा सक्रिय छन्।

आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बालेन हाल विभिन्न स्थानमा पुगेर चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन्। यसै क्रममा उनले गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देशात्मक स्ट्याटस सार्वजनिक गरेका छन्।

उनले स्ट्याटसमा लेखेका छन्, “माया मात्रै रैछ देशभरि !! यसरिनै देशलाई माया गर्नु, देश बन्छ!” उनको यो अभिव्यक्तिलाई धेरैले देशप्रेम र सकारात्मक राजनीतिक सोचको सन्देशका रूपमा लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्।