काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
अ+
अ-

अमेरिका । इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ। अमेरिकाले जारी गरेको सुरक्षा सतर्कतामा आर्मेनिया वा टर्की हुँदै इरान छोड्न कुरामा पनि विचार गर्न आग्रह गरिएको छ। अमेरिकाले त्यहाँ रहेका नागरिकलाई सञ्चारका वैकल्पिक उपायका बारेमा सोच्न तथा सुरक्षित रहन पनि आग्रह गरेको छ।

इरानमा हाल सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट सेवामा अवरोध जारी रहेको बीबीसीले उल्लेख गरेको छ। एयरलाइन्सहरूले इरान जाने र आउने उडानहरू प्रतिबन्धित वा रद्द गरिरहेका छन्।

इरान र अमेरिका बीचको आणविक वार्ता शुक्रबार ओमानमा हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरानविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएका छन्।

इरानले आणविक मुद्दामा वार्ता गर्न तयार रहेको बताएको छ। तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा कुरा नगर्ने बताएको छ।