काठमाडौँ। भारत र श्रीलंकामा आजदेखि सुरु हुने आईसीसी टी–२० क्रिकेट विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेदरल्याण्ड्स मैदानमा उत्रिएका छन्।
श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले सुरुमा ब्याटिङ गरेको छ।
यी दुईबीचको प्रतिस्पर्धा श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेसे स्पोर्टस क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ। यस संस्करण दुवै टोली प्रतियोगिताको समूह ‘ए’मा छन्। यो समूहमा उनीहरूसँगै भारत, नामिबिया र अमेरिका छन्।