खिचिक्क
काठमाडौँ। महाशिवरात्रिमा भक्तजनहरूले रातमा धुनी बालेर ताप्ने गर्छन्। भक्तजनहरूले धुनी जगाएर रातभरि जागरण गर्दै भगवान शिवको आराधना गर्छन्।
दिनभर शिवको आराधना गर्दै बसेका भक्तजनले रातमा मन्दिर परिसर वा चोकमा धुनी जगाएर जाग्राम बस्ने गर्छन्। शिवको शक्ति, योग र विनाशको प्रतीकलाई जीवन्त बनाउँछ।
ललितपुरका मन्दिर तथा चोकमा पनि भक्तजनले धुनी जगाएर भगवान् शिवको आराधना गरेका छन्। जाडोको अन्तिम दिनहरूमा यो धुनी बालेर बस्ने चलनले शारीरिक र आध्यात्मिक शुद्धि हुने जनविश्वास छ।
हेर्नुहोस् ललितपुरका विभिन्न स्थानमा धुनी ताप्दै भक्तजन :
