काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको थियो।