काठमाडौँ
००:००:००
५ फाल्गुन २०८२, मंगलवार

५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ।  नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले  घटेर ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा ४ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।