काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
नेपाली कांग्रेस सभापति गगनकुमार थापा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले सरकार चलाएको समयलाई आफ्नो पार्टीले स्वर्णिम युगका रूपमा लिने बताएका छन्।

पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा बिहीबार भएको खुला प्रश्नोत्तर कार्यक्रममा उनले त्यसैबलाको जगमा अहिलेसम्म मुलुकको आर्थिक विकास टिकेको बताए। तर समयानुकूल परिवर्तन हुँदै मुलुकको समृद्धिको यात्रा तय गर्नुपर्ने उनको भनाइ छ।

“०४६ सालपछि ०५१ सालसम्मको कांग्रेसले चलाएको सरकारकै बेला आर्थिक सुधारका दह्रो पाइला टेकिएको थियो,” उनले भने, “कांग्रेसले त्यसैको कारण लामो समयसम्म कम्युनिस्ट पार्टीका साथीहरूबाट निरन्तर लखेटिनुपर्‍यो। हामी निरन्तर लखेटियौँ। हाम्रा सार्वजनिक नीतिहरूबारे नागरिकलाई बुझाउन सकेनौँ त्यो हाम्रो कमजोरी रह्यो। तर आज पनि नेपालमा जेजति कुरा आएका छन् त्यसको कथा खोज्दै गयो भने २०५९ सालमा सुरु गरेकै योजनाको जगमा आएका छन्।”

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

पार्टी स्थापनाकालमा नेताहरूले ३० वर्षपछिसम्मको सपना देखेको विषयलाई उनले स्मरण गरे। “जननायक बीपी कोइरालाले त्यसबेला प्रत्येक नेपाली मजस्तै मध्यमवर्गीय स्तरको हुनुपर्छ भनेर सपना देख्नुभयो,” उनले भने, “आज हामी हिजो गरेका उपलब्धिप्रति गौरव गर्छौं। हाम्रा ऐतिहासिक मूल्य-मान्यतालाई अझै उज्याले बनाउछौँ।”

०३३ सालको त्यो अप्ठ्यारो दिनमा हातमा सातवटा ज्यान मुद्दा बोकेर राष्ट्रियता जोगाउन नेताहरू नेपाल आएको उनको भनाइ छ। सभापति थापाले भने, “हाम्रा आफ्ना संघर्षका दिनहरू सम्झन्छौँ। ३० वर्षको पञ्चायती कालरात्रिमा एकपटक पनि हाम्रो नेतृत्वले सत्तातिर हेरेर फर्केन ती दिनहरू सम्झँदै हामी अघि बढ्नेछौँ।”

मुलुकको समृद्धि र समुन्नतिका लागि कांग्रेसले आगामी ३० वर्षपछिको सपना देखेर अघि बढेको उनको दाबी छ।

यो पनि…

कांग्रेसको घोषणा- नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउँछौँ

हेर्नुहोस् कांग्रेसको  प्रतिज्ञा पत्रको पूर्ण पाठ :