काठमाडौँ। कांग्रेस सभापति गगन थापाले नागरिकको स्वास्थ्योपचार नि:शुल्क बनाउने बताएका छन्।
चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले नागरिकको स्वास्थ्योपचार राज्यको दायित्व भएको बताउँदै यसलाई नि:शुल्क बनाउने बताएका हुन्।
उनले भने, ‘हरेक नागरिक स्वास्थ्य बिमामा जोडिएर आफ्नो र परिवारको उपचार खर्चबारे निश्चिन्त रहून्। हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून्– गोजीमा बिमा कार्ड छ, मलाई केको डर छ।’
उनले कांग्रेसले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अलपत्र पारिएको बताउँदै कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्री हेल्थ केयरको व्यवस्था मिलाउने बताए।
सभापति थापाले स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने पनि बताए।