काठमाडौँ
००:००:००
८ फाल्गुन २०८२, शुक्रबार

८ फाल्गुन २०८२
अ+
अ-

रूपन्देही। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

रूपन्देही गैँडहवा गाउँपालिका गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपुरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

लुम्बिनीबाट सूर्यपूरातर्फ से.३प ६०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका १‚ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र मोटरसाइकलको पछाडि बसेका गैँडहवा गाउँपालिका ४‚ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट ब्राउन सुगर बरामद गरिएको चन्दको भनाइ छ।

प्रहरीले कुर्मीद्वयको घरको कोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु पनि फेला पारेको छ। पक्राउ परेका दुवैविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीले थप अनुसन्धान अघि बढाएको छ।