काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन् ।
अत्यावश्यक कार्यका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म भने कर्फ्यु केही खुकुलो पारिएको छ । साढे ८ बजेपछि भने फेरि अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।
शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ ।
फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।