काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ । ललितपुरको फूलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उद्धार गरिएका व्यक्ति ४० वर्षीय सोमबहादुर तामाङ हुन्। उनी टौखेल क्षेत्रबाट पाँच दिनअघि हराएका थिए।

आइतबार जंगल क्षेत्रबाट मान्छे कराएको आवाज आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि ललितपुर प्रहरीको टोली तत्काल जंगल क्षेत्रमा पुगेर खोजी कार्य तीव्र बनाएको थियो। खोजी अभियानका क्रममा तामाङलाई जंगलभित्रै फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले तत्काल उद्धार गरी आफन्तको सहयोगमा उनलाई पाटन अस्पताल ल्याइएको छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।